बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनकै बेला भारतबाट फर्किएका वडाध्यक्षमा एन्टीबडी पोजेटिभ

लकडाउनकै बेला भारतबाट फर्किएका वडाध्यक्षमा एन्टीबडी पोजेटिभ

काठमाडौं– लकडाउनकै समयमा भारतबाट आएका धनुषाका एक वडाध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं– लकडाउनकै समयमा भारतबाट आएका धनुषाका एक वडाध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ।

जनक नन्दनी गाउँपालिका–२ का वडाध्यक्षको आरडीटी टेस्टबाट एन्टीबडी पोजेटिभ देखिएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको जानकारी दिए।

१४ दिनसम्म क्वारेन्टाइनमा बसेका वडाअध्यक्षलाई थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउन लगिएको निरौलाले जानकारी दिए। करिब एक महिना भारतको मधुवनीमा बसेर उनी चैत २२ गते नेपाल आएका थिए।

लकडाउनको समयमा भारतबाट आएर घरमा बसेको थाहा पाएपछि प्रशासनले चैत २४ गते उनलाई स्थानीय विद्यालयको क्वारेन्टाइनमा राखेको थियो।

उनीसँगै क्वारेन्टाइनमा राखिएका अन्य ८ जनाको भने रिपोर्ट नेगेटिभ देखिएको प्रशासनले जनाएको छ।

 

प्रकाशित: Apr 20, 2020| 12:34 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।