बिहीबार, भदौ ४, २०८३

घर हिँडेका ३०० जना थानकोटमै अड्किए

दुई दिनदेखि कैलाली भजनीकी शोभादेवी चौधरी थानकोटस्थित त्रिभुवन उद्यानमा थन्किएकी छन्। घरमा उनकी छोरी घरमा सिकिस्त बिरामी छिन्। त्यसैले उनलाई घर नपुगी भएको छैन।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं- दुई दिनदेखि कैलाली भजनीकी शोभादेवी चौधरी थानकोटस्थित त्रिभुवन उद्यानमा थन्किएकी छन्। घरमा उनकी छोरी घरमा सिकिस्त बिरामी छिन्। त्यसैले उनलाई घर नपुगी भएको छैन। चौधरी दम्पती पाँच महिनादेखि काठमाडौंमा ज्यामी काम गर्दै आएकी थिइन्।

शनिबार राति छोरी बिरामी भइन्, के गर्ने भनेर उनलाई घरबाट फोन आएको थियो। “घरमा सासूससुरा मात्रै हुनुहुन्छ”,चौधरीले भनिन्, “छोरीलाई अस्पताल लैजान सक्ने कोही हुनुहुन्न ।”

चौधरीसहितको १२ जनाको समूह पैदल नै घर फर्कन निस्केको थियो। थानकोट पुगेपछि उनीहरुले घर फर्कनेका लागि बसको व्यवस्था गरेको छ भन्ने जानकारी पाए। थानकोट उद्यानको प्रवेशद्वारमा खटिएको प्रहरीलाई नाम टिपाएर प्रवेश गरे।

“ठेकेदारले अहिले ज्याला दिन सकिँदैन भन्नुभएको छ, हामीसित भएको पैसो सकियो”, कैलाली भजनीकै गीता डगौराले भनिन्, “पैदलै भए पनि घर फर्कन्छौं।” उनी तीन वर्षको छोरीसहित पैदल नै घर जान निस्किएकी हुन्।

भजनीको चौधरी र डगौराको समूह दैनिक रु ६०० ज्यालादारीमा काम गर्दै आएको थियो । “भएको पैसो पहिल्यै घर पठायौं, अहिले यस्तो अवस्था आउला भन्ने थाहै भएन”, डगौरा समूहकी सपनाले भनिन्।

बागङको काठेखोला धम्जाका ढकबहादुर श्रीष ११ वर्षीय छोरोसहित नागढुंगातर्फ जान खोज्दै थिए। काठमाडौंमा मजदुरी गर्दै आएका उनलाई बसमा जान पाउने विश्वासै लागेन। उनको पैदल नै घर फर्कने इच्छा थियो। त्यहाँ तैनाथ सुरक्षाकर्मीले भने दिएनन्। बाबु–छोरालाई प्रहरीले थानकोट उद्यानभित्र पठायो।

महानगरीय प्रहरी वृत्तका अनुसार आइतबार साँझसम्म थानकोट उद्यानभित्र झन्डै ३०० जनालाई प्रवेश गराइएको छ। घर जान हिँडेका उनीहरु उद्यानमै थन्किएका छन्। उनीहरुलाई प्रहरीले रोकेर राखेको छ ।

पैदल नै घर फर्कनेहरुलाई प्रहरीले कलङ्की–थानकोट सडकखण्डमा ठाउँठाउँमा रोक्ने गरेको छ। यसरी पैदल घर फर्कनेहरु कतिपय त्रिभुवन उद्यानमा प्रहरीलाई नाम ठेगाना टिपाएर भित्र पसिरहेका छन्। शनिबार राति अलपत्र परेकालाई सात वटा बसमा घर पठाइएको थियो।

झन्डै ३०० लाई सांसद अञ्जना विशङ्खे र वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरले उद्धार गरी बसमा घर पठाएका थिए। यसरी पठाएको खबर फैलिएपछि अहिले बस चढेर जान चाहनेको लर्को लाग्न थालेको छ।

“काठमाडौंबाहिरका टाढादेखि पैदल हिँडेर आएका अलपत्र परेकालाई उद्धार गर्न खोजेका हौं। अहिले त यहीं वरपर डेरा गरी बस्ने सबै आउन थालेका छन्”, थानकोट उद्यानभित्र भेटिएकी सांसद विशङ्खेले भनिन्,, “अब यहीं उद्यानभित्र क्वारेन्टाइनमा राख्छौं, घर पठाउन सकिँदैन।”

उद्यानभित्र सबैको स्वास्थ्य परीक्षण गरी राख्ने गरिएको छ। चन्द्रागिरि नगरपालिका, बलम्बुले त्यहाँ स्वास्थ्य सहायता कक्ष स्थापना गरी सेवा प्रदान गर्दै आएको छ। त्यहाँ खाने बस्नेसमेत व्यवस्था मिलाइएको छ। आइतबार साँझसम्म २६८ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य परीक्षणमा संलग्न नर्स कल्पना पाण्डेयले जानकारी दिइन्। -रासस

प्रकाशित: Apr 20, 2020| 10:39 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।