बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अलपत्र परेका मजदुरको निरन्तर उद्धारः मन्त्री जम्कट्टेल

अलपत्र परेका मजदुरको निरन्तर उद्धारः मन्त्री जम्कट्टेल

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लकडाउनका कारण अलपत्र परेका मजदुरको निरन्तर उद्धार भइरहेको बताएका छन्।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लकडाउनका कारण अलपत्र परेका मजदुरको निरन्तर उद्धार भइरहेको बताएका छन्।

आफू मजदुरको पक्षमा लडेको र निरन्तर लडिरहने जनाउँदै उनले अनेकन बाधाका बीच पनि मजदुरको व्यवस्थापनमा रातदिन नभनी जुट्दा समेत केही सञ्चारमाध्यमले आफूलाई सुविधाभोगीको बिल्ला भिराउन खोजेकामा चिन्ता प्रकट गरे।

उनले प्रदेश सरकारले निर्णय नै गरेर अलपत्र यात्रुहरुको उद्धार गर्ने काम गरिरहेको सन्दर्भमा गलत सोच राखेर जनतामा भ्रम सिर्जना नगर्न आग्रह गरे। उनले आफूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गत चैत १८ गतेदेखि उपत्यका छाडेर हिँड्न थालेका मजदुरलाई नरोक्न र गन्तव्यमा लान सघाउन निर्देशन दिएको र कतिपय अवस्थामा सवारी साधनको व्यवस्था नै गरेर मजदुरलाई प्रदेशको सिमासम्म पु¥याएको उल्लेख गरे ।

मन्त्री जम्कट्टेलले आफू खेतीपातीको समय भएकाले मजदुरहरु आआफ्नो घर फर्कनै पर्छ र उनीहरुलाई फर्काउन सरकारले पहल गर्नै पर्छ भन्ने पक्षमा रहेको बताए। “सरकारकै योजनाअनुसार प्रदेशका मुख्यमन्त्री स्वयम् स्थलमा जानुभएको छ, म पनि स्थलमै छु, सरकारका सबै निकाय, स्थानीय तह सबै लागेका छन्, कसैलाई भ्रम नहोस्,” मन्त्री जम्कट्टेलले भने।

रासस

प्रकाशित: Apr 20, 2020| 09:01 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।