अमेरिकामा कोरोना भाइरस फैलिने क्रम रोकिएको छैन। संक्रमण रोक्न थुप्रै राज्यमा लकडाउन लागू गरिएको छ।
संक्रमणकै खतराका बीच त्यहाँ मानिसहरु सडकमा उत्रेर विरोध प्रदर्शन पनि गरिरहेका छन्। एरिजोना, कोलोराडो तथा वासिंग्टनमा प्रदर्शन भएको हो।
यसअघि पनि अमेरिकाका अन्य आधा दर्जन राज्यमा प्रदर्शन भएको थियो।
प्रदर्शनकारीले आफ्नो राज्यका गभर्नरसँग बन्द भएका उद्योग खोल्न माग गरेका छन्। लकडाउनका कारण आफ्नो स्वतन्त्रता गुमेको भन्दै प्रदर्शनकारीले लकडाउन खोल्न माग गरेका हुन्।
बीबीसी