बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनासँगै बढ्यो फिसिङ आक्रमण, दैनिक १ करोड ८० लाख इमेल ब्लक गर्छ गुगल

कोरोनासँगै बढ्यो फिसिङ आक्रमण, दैनिक १ करोड ८० लाख इमेल ब्लक गर्छ गुगल

प्रविधि कम्पनी गुगलले कोरोना भाइरस महामारीका कारण विश्वभर नै फिसिङ आक्रमणको बाढी नै आएको बताएको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

प्रविधि कम्पनी गुगलले कोरोना भाइरस महामारीका कारण विश्वभर नै फिसिङ आक्रमणको बाढी नै आएको बताएको छ।

फिसिङ इन्टरनेटको यस्तो धोकाधडी हो, जसमा अपराधीले इमेलको माध्यमबाट इमेल प्रयोगकर्तालाई झुक्याएर पासवर्ड, क्रेडिट कार्ड डिटेल आदि निजी जानकारी हासिल गर्छ।

गुगलका अनुसार उसले हरेक दिन झन्डै १० करोड फिसिङ इमेल ब्लक गरिरहेको छ। यसमध्ये पाँच प्रतिशत कोरोना भाइरससँग सम्बन्धित छन्। विश्वभर करिब डेढ अर्ब जिमेल प्रयोगकर्ता छन्।

कोरोना भाइरसलाई लिएर फिसिङ गर्नेले विश्व स्वास्थ्य संगठनको नाममा समेत इमेल गरेर चन्दा माग्ने गरेका छन्।

अनुसन्धानकर्ताहरुका अनुसार कोरोना भाइरसको जानकारी दिने नाममा फर्जी मोबाइल एप तथा वेबसाइट बन्ने क्रम पनि बढेको छ।

बीबीसी

 

प्रकाशित: Apr 20, 2020| 07:37 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।