बिहीबार, भदौ ४, २०८३

भारतमा मृतक र संक्रमित दुवै बढ्दो क्रममा

कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या भारतमा ५१९ पुगेको छ। बीबीसीका अनुसार त्यहाँ संक्रमितको संख्या पनि १६ हजार नाघेको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या भारतमा ५१९ पुगेको छ। बीबीसीका अनुसार त्यहाँ संक्रमितको संख्या पनि १६ हजार नाघेको छ।

करिब २२ सय भने निको भएर घर फर्किएका छन्। भारतमा ३ मेसम्म लकडाउन बढाइएको छ।

वर्ल्डओमिटरले भने भारतमा संक्रमितको संख्या १७ हजार ६ सय १५ र मृतक ५५९ नाघेको उल्लेख गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ४४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ४ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ।

सोमबार बिहानसम्ममा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ लाख १ हजार ३ सय ७९ पुगेको छ।

प्रकाशित: Apr 20, 2020| 07:15 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।