बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मर्नेको संख्या १ लाख ६५ हजार नाघ्यो, कहाँ कतिको मृत्यु ?

कोरोनाबाट मर्नेको संख्या १ लाख ६५ हजार नाघ्यो, कहाँ कतिको मृत्यु ?

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघेको हो ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघेको हो ।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्ममा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ लाख १ हजार ३ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ७५ हजार ४ सय ६९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट अमेरिकामा २५ हजार ५ सय ११ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म ७ लाख ५५ हजार ५ सय बढि ब्यक्ति संक्रमित भएका छन् भने ४० हजार ६ सय ६१ को मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५८ जना संक्रमित भएका छन् भने ४ सय १० जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ९६ हजार ६ सय ६४ बढि ब्यक्ति संक्रमित भएका छन् भने २० हजार ४ सय ५३ ब्यक्तिको मृत्यु भएको छ ।

इटालीमा बितेको २४ घण्टामा ३ हजार ४७ जना संक्रमित थपिदा ४ सय ३३ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ७८ हजार ९ सय ७२ ब्यक्ति संक्रमित भएका छन् भने २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ५४ हजार ९७ पुग्दा मृतकको संख्या १९ हजार ७ सय ४४ पुगेको छ । जर्मनीमा १ लाख ४५ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि हुँदा ४ हजार ५ सय ८६ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा संक्रमितको संख्या १ लाख २१ हजार १ सय ७२ पुगेको छ भने मृतकको संख्या १६ हजार ९५ पुगेको छ । बेल्जियममा ३८ लाख ४ हजार ९६ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ ।

त्यस्तै इरानमा ८२ हजार २ सय ११ जना संक्रमित हुँदा ५ हजार १ सय १८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३८ हजार ६ सय ५४ जना संक्रमित हुँदा २ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० संक्रमित थपिएसँगै संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ । मृतकको संख्या ५ सय ५९ नाघेको छ ।

प्रकाशित: Apr 20, 2020| 06:35 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।