बिहीबार, भदौ ४, २०८३

कोरोनालाई हराउँदै घर फर्किए कैलालीका २१ वर्षीय युवा

 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

धनगढी - कैलालीका कोरोना संक्रमित एक युवा डिस्चार्ज भएका छन्। १६ दिनको उपचारपछि उनी निको भएर घर फर्केका हुन्। कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका २१ वर्षीय युवा आइतबार डिस्चार्ज भएका सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

उनको दोस्रो र तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा जोशीले बताए। १२ गते भारतबाट घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। प्रादेशिक अस्पतालमा अब संक्रमित चार जनाको उपचार भइरहेको छ।

डिस्चार्ज भएका उनले चिकित्सकको राम्रो साथ र सहयोग पाएको प्रतिक्रिया दिए। उनको विदाईमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीलगायत चिकित्सक टोलीको सहभागी थियो।

प्रकाशित: Apr 19, 2020| 18:27 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।