बिहीबार, भदौ ४, २०८३

जनप्रतिनिधि हिँडेरै पुगे सीमा निरीक्षणमा

रुपन्देहीे निर्वाचन क्षेत्र नम्बर १ का जनप्रतिनिधिले एकैसाथ सीमावर्ती क्षेत्रको निरीक्षण गरेका छन्।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

भैरहवा- रुपन्देहीे निर्वाचन क्षेत्र नम्बर १ का जनप्रतिनिधिले एकैसाथ सीमावर्ती क्षेत्रको निरीक्षण गरेका छन्। 

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद छविलाल विश्वकर्मा, प्रदेश सांसदहरु दधिराम न्यौपाने र गीता विक, जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्मा, उपाध्यक्ष पशुपति यादव, सदस्यहरु कविराम अर्याल, खेम लुइँटेल, रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवसहित पैदल सीमा क्षेत्रमा पुगेका थिए।

न्यौपानेले भने, ‘सीमावर्ती क्षेत्रमा १३ किलोमिटर हिँड्यौं। सीमाको अवस्था सामन्य छ। सुरक्षा सतर्कता राम्रो देखियो।’
भारतमा कोरोना फैलिँदै जादा सीमावर्ती क्षेत्रका भारतीय नेपालमा प्रवेश गर्ने त्रास बढेर गएको छ। आवागमनमा कडाइका लागि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

टोलीले रोहिणी गाउँपालिकाका किसानलाई भेटी सामाजिक दुरी कायम गरी पाकेको गहुँ स्याहार्न आग्रह गरेका थिए। यस्तै टोलीले धकधईमा रहेको क्वारेन्टाइन र स्वास्थ्य चौकीहरु पनि निरीक्षण गरेको छ।

धकधईको क्वारेन्टाइनमा १४ जना छन्। टोलीले गाउँपालिका प्रतिनिधिलाई व्यवस्थित रुपमा राहत वितरण गर्न निर्देशन दिएको छ।

प्रकाशित: Apr 19, 2020| 17:46 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।