बिहीबार, भदौ ४, २०८३

'आफैं बिरामी भएर पनि दैनिक १८ घण्टा काम गरिरहेको छु'

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजुद पनि आफू देशका लागि दैनिक १८ घण्टा खटिरहेको भन्दै व्यक्तिगत कुण्ठा नपाल्न आग्रह गरेका छन्।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजुद पनि आफू देशका लागि दैनिक १८ घण्टा खटिरहेको भन्दै व्यक्तिगत कुण्ठा नपाल्न आग्रह गरेका छन्।

आइतबार राससलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले केहीमा व्यक्तिगत कुण्ठा, अन्योल र दिशाहीनता सदाबहार रुपमा देखिने टिप्पणी गरे।

'केहीमा हुटिट्याउँ प्रवृत्ति छ। तिनले आफैंलाई असान्दर्भिक बनाउँछन् । तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन् । मबाट यो भन्दा बढी के अपेक्षा गर्ने ? आफैँ बिरामी भएर पनि देशलाई सङ्क्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो । मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु । मलाई जश लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो,' ओलीले भनेका छन्।

सरकार एकजुट र एकताबद्ध रहेको तथा सरकार एउटै लय र तालमा अघि बढिरहेको उनले बताएका छन् ।

उनले भने, 'हाम्रो प्रणालीमा पुरानो ढाँचाको कर्मचारी संयन्त्र भएकाले हाम्रो गतिसँग अभ्यस्त हुनमा बिलम्ब भएको हुनसक्छ । यद्यपि, म कर्मचारीलाई दोष दिन चाहन्न । उहाँहरुले नयाँ स्पिरिट समात्न समय लागेको हुनसक्छ । पार्टी पनि एक छ । सरकारको काममा सबै नेताको समर्थन र साथ छ ।'

अराजकतालाई लोकतन्त्र ठान्ने प्रवृत्ति ठिक नभएको र त्यस्ता प्रवृत्तिले पार्टीलाई नोक्सान नगरी सम्बन्धित व्यक्तिलाई नै नोक्सान गर्ने प्रमले बताएका छन्।

प्रकाशित: Apr 19, 2020| 16:40 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।