कैलाली- मुम्बईबाट फर्किएका लम्की कैलालीका २१ वर्षीय युवा कोरोना मुक्त भएका छन्।
संक्रमणपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको लगातार दुईपटक परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्जको तयारीमा रहेका छन्।
संक्रमित युवाले नेपाल समयसँग भने, ‘आजको रिपोर्ट पनि नेगेटिभ आयो भनेर डाक्टरले भन्नुभएको छ, आजै डिस्चार्जको तयारी भएको छ।’
उनको पछिल्लो परीक्षणमा नेगेटिभ रिपोर्ट आएको सेती प्रादेशिक अस्पतालको प्रयोगशाला निर्देशक अस्मिता सापकोटाले जानकारी दिइन्।
युवक गत चैत २२ गते अस्पताल भर्ना भएका थिए।
यसअघि शनिबार काठमाडौंको टेकु अस्पतालबाट एक जना युवती र धौलागिरी अस्पतालबाट एक वृद्धा कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने अर्का एक पुरुष पनि माघमै कोरोना मुक्त भएका छन्।