बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासनको आदेश

व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासनको आदेश

व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

काठमाडौं– व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

गत २५ चैतमा कालोबजारी गरेको आरोपमा अग्रवाल काठमाडौंमा पक्राउ परेका थिए।

उनलाई लागेको आरोपमाथि अनुसन्धान गर्न यसअघि जिल्ला प्रशासनले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो।

जगदम्बा स्टिललगायत दर्जनौं उद्योग व्यवसायका मालिक अग्रवालको किर्गिस्तानका लागि अवैतनिक दूतको पद यही कालोबजारी काण्डमा परेपछि सरकारले रद्द गरिदिएको छ।

प्रहरीले उनी चढेको निलो नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडी र त्यसमा रहेका ६७ थान इन्फ्रारेड थर्मोमिटर बरामद गरेको थियो ।

महानगरीय अपराध महाशाखाबाट सादा पोशाकमा खटिएका प्रहरीले अग्रवाललाई २५ चैतमा नक्सालबाट पक्राउ गरेका थिए।

बजारमा अभाव रहेको ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटरको कालो बजारी भइरहेको जानकारी पाएको अपराध महाशाखाले केही दिनदेखि अग्रवाललाई पछ्याइरहेको थियो।

महाशाखाका प्रहरीले ग्राहक बनेर अग्रवालसँग थर्मल गन किन्ने प्रस्ताव गरेपछि अग्रवालले धेरै पटकको केरकारपछि मात्रै कारोबारमा सहमति जनाएका थिए।

बजार भाउ प्रतिगोटा ३ हजार ५०० भन्दा बढी नपर्ने भनिएको उक्त थर्मल गनको मूल्य अग्रवालले सुरुमा २० हजार प्रतिगोटा भनेका थिए। तीन दिनदेखि बार्गेनिङ गर्दै जाँदा प्रतिगोटा रु १५ हजारमा कुरा मिलेको थियो।

२५ चैतमा प्रहरीले १० लाख मूल्यको सामान लिएर आउन भनेपछि अग्रवाल ६७ थान थर्मल गन लिएर निस्केका थिए। त्यसैबेला सादा पोशाकको प्रहरीले उनलाई पक्राउ गरेको हो।

सुरुमा उनी को हुन भन्ने थाहा नपाएको प्रहरी उनलाई कुटनीतिक नम्बर प्लेटको गाडीमा देखेपछि अचम्ममा परेको थियो।

प्राधिकरणको बक्यौतादेखि गुणस्तरहीन स्टिल उत्पादनसम्म

वार्षिक अर्बौं कारोबार गर्ने व्यावसायिक घराना शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत हुन्।

देशले दैनिक १६ घण्टा लोडसेडिङ खेपिरहेका बेला शंकर समूहको जगदम्बा स्टिलले डेडिकेटेड लाइन लिएबापतको करिब अढाई अर्ब रुपैयाँ बक्यौता विद्युत प्राधिकरणलाई तिर्न बाँकी छ।

लोडसेडिङका बेला प्राधिकरणको नेतृत्वसँग ‘सेटिङ’ मिलाएर डेडिकेटेड फिडर लिएको उनी नेतृत्वको समूहमाथि आरोप छ।

कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि बक्यौता उठाउन खोजे पनि समूहको पहुँच र सरकारी हस्तक्षेपका कारण उठ्न सकेको छैन।

केही वर्षअघि कवाडी कच्चा पदार्थ प्रयोग गरेर गुणस्तरहिन स्टिल उत्पादन गरेको आरोपमा सरकारी निकायबाट कारबाही भोगेको जगदम्बा स्टिल नक्कली भ्याट बिल प्रकरणमा पनि जोडिएको थियो।

सुलभ अग्रवालको नाम ट्याक्स हेभन मुलुकबाट लागनी भित्र्याउनेहरुको सूचीमा पनि जोडिएको थियो।

यूएईबाट आएको लगानीमा स्थापित जेएमजे इन्डष्ट्रिजमा सुलभ अग्रवाललाई स्थानीय साझेदार राखेर २०६३ फागुनमा पान मसला, सुपारी प्रशोधन गर्ने जेएमजे इन्डष्ट्रिज स्थापना गरिएको थियो।

तर, पछि नेपाली र विदेशी शेयर होल्डरबीच राम्रो सम्बन्ध नभएपछि नेपाली साझेदार यो कम्पनीबाट बाहिरिएको थियो।

प्रकाशित: Apr 19, 2020| 15:51 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।