बिहीबार, भदौ ४, २०८३

गण्डकीमा पहिलाेपल्ट स्यानिटाइजर टनेल

गण्डकी प्रदेशमै पहिलोपटक पोखरा महानगरपालिकाले आफ्नो प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरेको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

पोखरा- गण्डकी प्रदेशमै पहिलोपटक पोखरा महानगरपालिकाले आफ्नो प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरेको छ।

कोरोना भाइरस संक्रमण रोक्न साबुनपानीले हात धोएर स्यानिटाइजर लगाउनुपर्ने भनिँदै आएकामा अब भने प्रत्येक व्यक्तिको पूरै शरीरै स्यानिटाइजेसन टनेलबाट संक्रमणमुक्त हुने भएको छ।

महानगरको प्रवेशद्वारमा नै राखिएको उक्त टनेलमा छिरिसकेपछि सात सेकेन्डमा शरीर पूरै स्यानिटाइजेसन हुने भएको नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीका अध्यक्ष बाबुराम भण्डारीले जानकारी दिए।

“यो टनेलको प्रयोगसँगै महानगरमा प्रवेश प्रत्येक व्यक्तिको पूरै शरीर स्यानिटाइजेसन हुनेछ”, उनले भने, “महामारिकै रूपमा फैलिएको कोरोना भाइरसबाट जोगिन यो प्रविधि उपयोगी बन्ने विश्वास लिएका छौं।”

उनका अनुसार गण्डकी प्रदेश र पोखरालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि गण्डकी प्रदेश तथा पोखराका नाकामा यस्तो स्यानिटाइजर टनेल आवश्यक रहेको बताउँदै उनले एउटा स्यानिटाइजर टनेल बनाउँदा एक लाख ५० हजार मूल्य बराबरका सामग्री खर्च भएको जानकारी दिए।

“एक लिटर स्यानिटाइजरले १७ जनाको शरीरलाई स्यानिटाइज गर्न सकिन्छ”, अध्यक्ष भण्डारीले भने, “प्रतिव्यक्ति होलबडी स्यानिटाइजर गर्दा तीनदेखि चार रुपैयाँ बराबरको खर्च हुन्छ।”

पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित स्यानिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार एक समारोहका बीच शुभारम्भ गरे।

कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै उनले सधैं लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोना भाइरस नियन्त्रण गर्नुपर्ने आवश्यकतामा जाेड दिए।

प्रदेशका मुख्य प्रवेशद्वार पुथ्वीराजमार्गको आँबुखैरेनी, सिद्धार्थराजमार्गको राम्दी, पूर्वपश्चिम राजमार्गको बर्दघाटलगायत स्थानमा प्रदेश सरकारले यस्ता प्रविधि जडान गर्न पहल गर्ने बताउँदै मुख्यमन्त्री गुरुङले भने, “गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने मुख्य स्थान कोत्रे र छोरेपाटनलगायत प्रवेशद्वारमा महानगरले यन्त्रजडित उपकरणको व्यवस्था गर्नुपर्दछ।”

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले इञ्जिनीयरहरुको अथक प्रयासपश्चात निर्माण गरिएको स्यानिटाइजर टनेल प्रविधिलाई पोखराको ब्राण्ड बनाउनुपर्नेमा जोड दिए।

कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि स्यानिटाइजर टनेल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उनले यस्ता प्रविधि विश्वसनीय एवं सर्वसुलभरूपमा उत्पादन गर्न प्राविधिकलाई लाग्न आग्रह गर्दै महानगरबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। 

नेपाल इन्जिनियरिङ एसाेसिएसन गण्डकीका उपाध्यक्ष धु्रव भट्टराईले स्यानिटाइजर टनेलको माग आएको खण्डमा प्राविधिक सहयोग निःशुल्क गर्न एसाेसिएसन तयार रहेकाे बताए। -रासस

प्रकाशित: Apr 19, 2020| 15:28 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।