इलाम - फेसबुकमा कोरोना भाइरसबाट अफवाह फैलाएको आरोपमा फाकफोकथुम गाउँपालिका-७ बस्ने सन्दीप योङ्हाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
सन्दीपले “इलामको बिब्ल्याँटेमा एक जनामा कोरोना संक्रमण भेटियो” भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।