बिहीबार, भदौ ४, २०८३

सिन्धुपाल्चोकमा घरघरमा स्वास्थ्यकर्मी परिचालन

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सिन्धुपाल्चोकका स्थानीय तहले घरघरमा स्वास्थ्य टोली परिचालन गरेका छन्।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

सिन्धुपाल्चोक- कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सिन्धुपाल्चोकका स्थानीय तहले घरघरमा स्वास्थ्य टोली परिचालन गरेका छन्।

चैतमा विदेशबाट फर्किएकाको घरमा पुगेर स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका महासंघ नेपालका महासचिव वंशलाल तामाङले जानकारी दिए।

उनका अनुसार चैतमा जिल्लामा विदेशबाट आउनेको संख्या तीन सय पुगेको छ। जिल्लाका १२ स्थानीय तहले आफ्नो क्षेत्रभित्र चैतमा फर्किएकाहरुको पहिचान गरी स्वास्थ्य परीक्षण गर्दै आएको इन्द्रावती गाउँपालिकाका अध्यक्षसमेत रहेका तामाङले बताए।

सिन्धुपाल्चोकमा चार सय २८ शय्याको क्वारेन्टाइन र ४२ शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ। अहिलेसम्म २७ जनाको नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: Apr 19, 2020| 12:52 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।