बिहीबार, भदौ ४, २०८३

‘कोरोना निर्मूल नभएसम्म लकडाउन’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म बन्दाबन्दी (लकडाउन) अन्त्य नहुने बताएका छन्।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म बन्दाबन्दी (लकडाउन) अन्त्य नहुने बताएका छन्। काठमाडौंबाट हिडेका मानिसहरुलाई जुन ठाउँमा पुगेका छन्, त्यही ठाउँमा खाने–बस्ने व्यवस्था मिलाइएको दाबी पनि प्रधानमन्त्री ओलीले छन्।

भारतमा संक्रमणको स्थिति नहेरी सीमा खोल्न नसकिने प्रधानमन्त्रीले स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर अन्तर्वार्ता दिनुका साथै निर्देशन पनि दिएको बताइएको छ।

प्रधानमन्त्रीसँगको भेटमा सहभागी एक पत्रकारका अनुसार प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना संक्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यो अन्त्य गरिने बताएका छन्।

सरकारले समयमै लकडाउन, सीमा बन्द र नागरिकमा जनचेतनालगायत विधि अपनाई काम गरेकाले संक्रमण फैलिन नपाएको उनले बताएका छन्।

लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने उनले बताएका छन्। प्रधानमन्त्री ओलीले अहिले नागरिकको जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा नराखिने स्पष्ट पारेका छन्। ओलीले लकडाउनलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने पनि बताए।

प्रकाशित: Apr 19, 2020| 08:39 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।