मंगलबार, फागुन १९, २०८२

लुम्बिनीका निवर्तमान प्रदेश प्रमुख यादवको विदाइ

लुम्बिनी प्रदेशका निवर्तमान प्रमुख धर्मनाथ यादवलाई प्रदेश सरकारले विदाइ गरेको छ। उनलाई मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान विदाइ गरेका हुन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

बुटवल- लुम्बिनी प्रदेशका निवर्तमान प्रमुख धर्मनाथ यादवलाई प्रदेश सरकारले विदाइ गरेको छ। उनलाई मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान विदाइ गरेका हुन्। 

मंगलबार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पदमुक्त गरेका प्रदेश प्रमुख यादवको विदाइ गरिएको हो। नयाँ सरकार गठनपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख यादवलाई हटाएर उनको स्थानमा गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई नियुक्त गरेको छ।

पार्टी एकतापूर्वको तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा १८ कात्तिक २०७६ मा लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।

नेपाली कांग्रेसले ७ माघ २०७४ मा प्रथम प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरे पनि ओली नेतृत्वको सरकारले पछि यादवलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

साढे २ वर्ष प्रदेश प्रमुख बनेर बाहिरिएका यादवको कार्यभर लोकप्रिय बन्न सकेन। उनी आलोचित बनिरहे। विपक्षी गठबन्धनले उनलाई ‘पार्टीको अमुक कार्यकर्ता’को संज्ञासमेत दिएको थियो। उनीमाथि अल्पमतका मुख्यमन्त्रीलाई नियुक्ति दिएको आरोपसमेत लागेको थियो।

kumari

प्रकाशित: Jul 29, 2021| 18:12 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।