बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीमा लकडाउन उल्लंघन गर्ने युवा र प्रहरीबीच झडप, महिलाको मृत्यु

सप्तरीमा लकडाउन उल्लंघन गर्ने युवा र प्रहरीबीच झडप, महिलाको मृत्यु

सप्तरीको खडग नगरपालिका ६ वीरपुरमा लकडाउन उल्लंघन गर्ने युवा र प्रहरीबीच झडप हुँदा एक वृद्धाको मृत्यु भएको छ ।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

सप्तरीको खड्ग नगरपालिका-६ वीरपुरमा लकडाउन उल्लंघन गर्ने युवा र प्रहरीबीच झडप हुँदा एक वृद्धाको मृत्यु भएको छ।

गस्तीमा निस्किएको प्रहरीले घरबाहिर जम्मा भएका १२-१५ जना युवाको समूहलाई घर जान गरेको आग्रह अटेर गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। त्यसक्रममा युवाले पनि ढुंगा हानेपछि दोहोरो झडप भएको स्थानीयले बताएका छन्।

झडपका क्रममा सोही स्थानमा रहेकी ६५ वर्षीया जैनव पुजर्नीको मृत्यु भएको खड्ग नगरपालिकाका मेयर हेमायु हकले नेपाल समयलाई जानकारी दिए।

स्थानीयले जैनवको मृत्यु प्रहरीको लाठी प्रहारबाट भएको दाबी गरेका छन्। प्रहरीले भने वृद्धासँग दोहोरो कुनाकानीसमेत नभएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी विष्णु प्रसाईंले वृद्धामाथि लाठी चार्ज नगरेको दाबी गरे। नेपाल समयसँग टेलिफोनमा उनले भने, 'प्रहरीले बाहिर बसेका युवालाई सम्झाई-बुझाई घर पठाउने प्रयास गरेको हो, वृद्धासँग दोहोरो कुरासम्म भएको छैन।'

मृतक वृद्धा मुटु र दमको रोगी भएको अस्पतालको रिपोर्टले देखाएको उनले बताए। सोही कारण उनको मृत्यु भएको हुन सक्ने उनको दाबी छ। वृद्धाको शव सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको छ।

प्रकाशित: Apr 13, 2020| 14:56 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।