बिहीबार, भदौ ४, २०८३

प्रदेश २ : संक्रमित भेटिएपछि नाकामा कडाइ

भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि सीमा नाकामा कडाइ गरिएको छ।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

जनकपुरधाम- भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि सीमा नाकामा कडाइ गरिएको छ। भारतबाट लुुकिछिपी हुन सक्ने प्रवेश रोक्न प्रदेश २ का मुख्य नाकासहित चोर बाटोमा समेत कडाइ गरिएको हो।

यसअघि निर्बाध रुपमा भइरहेको आवतजावत नाकामा कडाइ भएपछि अहिले पूर्ण रुपमा बन्द छ। प्रदेश २ मा सशस्त्र प्रहरीको झन्डै एक हजार जनशक्ति थप गरिएको छ।
आठै जिल्ला भारत बिहारको सीमासँग जोडिएकाले प्रदेश २ लाई उच्च जोखिमका रुपमा हेरिएको हो।

मुख्य नाकामा मात्र नभएर दक्षिणतर्फबाट मानिस प्रवेश गर्न सक्ने सम्भावित सबै स्थानमा अहिले सशस्त्र प्रहरी परिचालन गरिएको छ । लुकिछिपी नाका कट्ने गतिविधि नियन्त्रण गर्न एकदेखि दुई किलोमिटरको दूरीमा सशस्त्र प्रहरी परिचालन गरिएको छ।

कोरोना संक्रमणको त्रास फैलिएपछि नाकामा कडाइ भएको स्थानीय बताउँछन्। खुला सीमा र जनशक्ति अभावले लुकिछिपी नाका कटेर दक्षिणतर्फबाट आउने सम्भावना कायमै देखिएको छ।

जनशक्ति अभावमा नाका प्रवेश गर्न सकिने चोर बाटोको सबै स्थानमा सशस्त्र प्रहरी परिचालन हुन सकेको छैन।

‘सीमापारिबाट हुनसक्ने प्रवेश रोक्न हामीले हरसम्भव प्रयास गरेका छौं, एकछिन पनि नबिराएर सशस्त्र प्रहरी नाकामा खटिएका छन्। भारततर्फबाट मानिसको प्रवेश पूर्ण रुपले बन्द भएको छ,’ धनुषास्थित बीओपीका एक इन्चार्जले भने।

खुला सीमाको फाइदा उठाउँदै कोही घास काट्ने बहानामा कोही भैंसी चराउने बहानामा नाका कट्ने दाउमा देखिएको उनको भनाइ थियो।
‘हामीलाई माथिबाट कडा निर्देशन छ, नाका कटेर कोही पनि छिर्नु भएन। हामी पनि निरन्तर खटेका छौं,’ नाकामा खटिएका एक सशस्त्र प्रहरी जवानले भने।

दक्षिणतर्फबाट प्रवेश रोक्न सशस्त्र प्रहरीले विभिन्न प्वान्ट तोकेको छ । ढेढदेखि दुई किलोमिटरको अन्तरालमा तोकिएको सबै प्वाइन्टहरुमा दुईजना सशस्त्र प्रहरी परिचालन गरिएको छ। जनशक्ति थपिए त्यो दूरीलाई अझै घटाउन सकिने नाकामा धनुषाको लगमा क्षेत्रमा जमुनी नदी नजिक खटिएका एक सशस्त्र प्रहरीले बताए।

‘हामीले नाकामा कडाइ गरेका छौं’, उनले भने, ‘जनशक्ति थपिए, नाकामा थप कडाइ गर्न सकिन्छ।’

सीमापारि भारतीय सीमा सुरक्षा बल (एसएसबी) पनि खटाइएको छ। तर, सशस्त्र प्रहरी जस्तो उनीहरु नाकामा हरसमय बस्दैनन्।
वीरगन्जमा तीनजना कोरोना संक्रमित फेला परेपछि आमनागरिक थप त्रसित बनेका छन्। कोरोना संक्रमित भेटिएको प्रदेश २ को यो पहिलो घटना हो।

यद्यपि कोरोना संक्रमित पुष्टि भएका तीनैजना भारतीय हुन्। सप्तरीको बोदेबरसाइनमा फागुनमा भएको मुस्लिमहरुको धार्मिक सभामा सहभागी भएर उनीहरु वीरगन्ज पुगेका थिए।

प्रकाशित: Apr 13, 2020| 11:46 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।