बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच देशमा मात्र कोरोनाबाट ८२ हजारभन्दा बढीको मृत्यु

पाँच देशमा मात्र कोरोनाबाट ८२ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या करिब १ लाख ११ हजार पुगेको छ। १७ लाखभन्दा बढी संक्रमित छन्।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या करिब १ लाख ११ हजार पुगेको छ। १७ लाखभन्दा बढी संक्रमित छन्।

अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतमा मात्र ८२ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६१९ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको कुल संख्या १६ हजार ९ सय ७२ पुगेको छ। अमेरिका र इटालीपछि सबैभन्दा बढी मृत्यु स्पेनमा भएको छ। त्यहाँ १ लाख ६६ हजार संक्रमित छन्।

बेलायतमा पनि मृतकको संख्या १० हजार नाघेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ४ सय ३१ को ज्यान गएको छ।

उता, इटालीमा कोरोना भाइरसबाट १९ हजार ८ सय ९९ जनाको मृत्यु भइसकेको छ।

सबैभन्दा बढी मृत्यु भने अमेरिकामा भएको छ। त्यहाँ अहिलेसम्म २१ हजार ४ सय ११ जनाको मृत्यु भएको छ।

अमेरिका, इटाली, स्पेन र बेलायतपछि फ्रान्स आउँछ जहाँ कोरोना भाइरसबाट १३ हजार ८ सय ३२ जनाको ज्यान गएको छ।

बीबीसी

प्रकाशित: Apr 13, 2020| 08:11 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।