बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धागो कारखानालाई बनाइयो भेन्टिलेटरसहित ५० बेडको सुविधासम्पन्न कोरोना अस्पताल

धागो कारखानालाई बनाइयो भेन्टिलेटरसहित ५० बेडको सुविधासम्पन्न कोरोना अस्पताल

भैरहवा– प्रदेश ५ को केन्द्र बुटवलमा आइतरबारदेखि सुविधा सम्पन्न कोरोना सघन उपचार कक्ष तयार भएको छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

भैरहवा– प्रदेश ५ को केन्द्र बुटवलमा आइतरबारदेखि सुविधा सम्पन्न कोरोना सघन उपचार कक्ष तयार भएको छ।

कोरोना अस्पतालको रुपमा सञ्चालनमा आएको धागो कारखानामा रहेको आइसोलेसन कक्षलाई स्तरोन्नति गरी सुविधासम्पन्न सघन उपचार कक्ष बनाइएको हो ।

उक्त अस्पतालमा चार थान भेन्टिलेटरसहित ८ बेडको आईसीयू पनि तयार भएको छ । अस्पतालमा निर्माण भएको कोरोना सघन उपचार कक्ष (आईसूयी) को आइतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरेका छन् ।

उक्त कक्षको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले सबैको साझा प्रयासले नै कोरोना भाइरसलाई हराउन सकिने धारणा राखे । उनले प्रदेश ५ को बुटवल, भैरहवा, दाङ र नेपालगञ्जमा सञ्चालन हुने कोरोना विशेष अस्पतालले आम मानिसलाई राम्रो सेवा दिने विश्वास पनि व्यक्त गरे ।

सघन कक्षको सञ्चालनसँगै कोरोना लक्षण देखिएका बिरामीमा बढेको डर स्वतः हराएर जाने प्रदेश सरकारका मन्त्री लिला गिरीले दाबी गरे । मन्त्री गिरीले भने, ‘मान्छेहरुमा राम्रो उपचार गर्ने ठाउँ छैन, कोरोना लागिहाल्यो भने मरिन्छ कि भन्ने डर त्रास थियो । त्यो आजदेखि हराएको छ । सकेसम्म कोरोना लाग्नै दिन भएन, लागिहालेमा उपचार राम्रो गरेर निको गराउनेगरी सुविधा सम्पन्न अस्पताल शुरु भएको छ।’

प्रदेश ५ सरकारले रुपन्देहीमा बन्द रहेको धागो कारखानालाई आइसोलेसनसहित कोरोना विशेष उपचार अस्पतालको रुपमा विकास गरेको हो। यसैगरी भीम अस्पताल भैरहवालाई पनि कोरोना विशेष उपचार अस्पतालको रुपमा विकास गरिरहेको छ ।

सरकारले बुटवलस्थित प्रादेशिक अस्पतालको मातहतमा रहने धागो कारखानास्थित कोरोना विशेष अस्पतालको व्यवस्थापन हेर्न उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीलाई संयोजकको जिम्मेवारी दिएको छ ।

यसैगरी भैरहवास्थित भीम अस्पतालको संयोजन गर्न सामाजिक विकास मन्त्री सुदर्शन बराललाई जिम्मेवारी दिएको छ।

सरकारले केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डी दाङका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी संयोजक र सुशील कोइराला क्यान्सर अस्पताल खजुराका लागि भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई संयोजक चयन गरेको छ ।

बुटवलको सोही अस्पतालमा भेन्टिलेटर र आईसीयू नहुँदा चैत १६ गते सैनामैनाका ३३ वर्षिय बाबुराम थापाको अकालमा ज्यान गएको भन्दै सरकारको चर्को विरोध भएको थियो । त्यसपछि प्रदेश सरकारले बजेट नै छुट्याएर सघन उपचार कक्षको निर्माण सुरु गरेको थियो ।

उक्त अस्पतालको स्तरोन्नतिमा स्थानीय सामाजिक संघसंस्थाले पनि सहयोग गरेका छन् । चैत १० गतेदेखि आइसोलेसन सेवा आरम्भ गरिएको उक्त अस्पतालमा हालसम्म ३१ जनाको उपचार भएको छ । जसमध्ये ३० जना निको भएर डिस्चार्ज भएको डा. राजेन्द्र खनालले जानकारी दिए।

प्रकाशित: Apr 12, 2020| 22:56 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।