काठमाडौं- प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔं’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका छन्।
प्रधानमन्त्रीले आइतबार साँझ ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गरेका हुन्। सो संस्थाले नयाँ वर्ष २०७७ का दिन बिहान ८ बजे ‘राष्ट्रिय गान गुन्जाऔं र बजाऔं’ भन्ने कार्यक्रम राखेको छ।