बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राहत कोषमा गाउँपालिका अध्यक्षको व्यक्तिगत एक लाख सहयोग

राहत कोषमा गाउँपालिका अध्यक्षको व्यक्तिगत एक लाख सहयोग

महोत्तरीको एकजना गाउँपालिका अध्यक्षले कोरोना रोकथाम राहत कोषमा व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

जनकपुरधाम– महोत्तरीको एकजना गाउँपालिका अध्यक्षले कोरोना रोकथाम राहत कोषमा व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले गाउँपालिकाले स्थापना गरेको राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।

कोरोना रोकथामको लागि स्थापना गरिएको राहत कोषमा आफूले पनि व्यक्तिगत रुपमा सहयोग गर्नुपर्ने धेयका साथ एक लाख रुपैयाँ जम्मा गरेको चौधरीले बताएका छन् ।

‘कोरोना रोकथाम गर्न हामीले राहत कोष स्थापना गरेका छौं,’ उनले भने,‘अध्यक्षको हैसियतले मैलेपनि सहयोग गर्नुपर्छ मलाई लाग्यो । त्यसैले कोषमा व्यक्तिगत रुपमा यो रकम सहयोग गरेको हुँ ।’

हालसम्मे गाउँपालिकामा कोरोना शंकास्पद कोही नदेखिएको बताउँदै चौधरीले त्यस्तो अवस्था आए आफूहरु पूर्णरुपले तयार रहेको बताए । गाउँपालिकाको मुकाम पिपरामा १८ बेडको क्वारेन्टाइन स्थापना गरेपनि हालसम्म कसैलाई राख्नुपर्ने अवस्था नआएको उनको भनाइ छ ।

गाउँपालिकाभित्र ४ हजार ५ सय घुरधुरीलाई राहत वितरण गर्नुपर्ने र राहत वितरण कार्य सोमबारदेखि सुरु हुने अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रकाशित: Apr 12, 2020| 21:41 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।