बिहीबार, भदौ ४, २०८३

तीनजना कोरोना संक्रमित बसेको वीरगञ्जको छपकैया सील

तीनजना कोरोना भाइरस संक्रमित बसेको वीरगञ्जको छपकैया क्षेत्र सील गरिएको छ । वीरगञ्जको एउटा मस्जिदमा बसिरहेका तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि छपकैयास्थित मस्जिद क्षेत्र पूर्ण रुपमा सील गरिएको हो ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

तीनजना कोरोना भाइरस संक्रमित बसेको वीरगञ्जको छपकैया क्षेत्र सील गरिएको छ । वीरगञ्जको एउटा मस्जिदमा बसिरहेका तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि छपकैयास्थित मस्जिद क्षेत्र पूर्ण रुपमा सील गरिएको हो ।

कोरोना संक्रमित फेला परेपछि त्यस क्षेत्रलाई सील गर्न प्रदेश २ सरकारले निर्देशन दिएको थियो । संक्रमण फैलिन नदिन वीरगञ्ज महानगरपालिका–२ छपकैयालाई सील गर्न तथा संक्रमितहरुको सम्पर्कमा आएका सबैको पत्ता लगाउन प्रदेश सरकारले निर्देशन जारी गरेको हो ।

प्रदेश सरकारको निर्देशनलगत्तै कोरोना रोकथाम, व्यवस्थापन र नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित सुरक्षा समितिको बैठकले छपकैयास्थित रहेको मस्जिद क्षेत्रलाई सील गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य जाँच नै नगरी भारत फर्किन लागेका थिए कोरोना संक्रमित

बैठकको निर्णयअनुसार आइतबार साँझ ५ बजे सुरक्षाकर्मी परिचालन गरेर छपकैयास्थित मस्जिदलगायतका क्षेत्रलाई सील गरिएको पर्साका सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

तीनजना भारतीयमा कोरोना संक्रमणको पुष्टि भएलगत्तै वीरगंजमा संक्रमणको त्रास फैलिएको छ । स्थानीयवासी त्रसित बनेका छन् । त्यहाँका अधिकांश टोलवासीले आफ्नो टोल प्रवेश गर्ने मुख्य द्वारमा प्रवेश निषेध लेखिएको बोर्ड झुन्ड्याएर बार लगाएका छन् ।

विगत केहीदिनयता वीरगञ्जमा बसिरहेका भारत उत्तर प्रदेशका ३३ वर्षीय नुर मोहम्मद, सोही ठाउँ बस्ने ४४ वर्षीय मोहम्मद युसुफ र दिल्ली बस्ने ५५ वर्षीय इब्राहिम कोरोना संक्रमित रहेको पुष्टि भएको छ ।

प्रकाशित: Apr 12, 2020| 21:21 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।