बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे आठ हजारभन्दा बढीको नमुना परीक्षण, २०६ जना खतराको सूचीमा

साढे आठ हजारभन्दा बढीको नमुना परीक्षण, २०६ जना खतराको सूचीमा

नेपालमा कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा साढे आठ हजारभन्दा बढीको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

काठमाडौं– नेपालमा कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा साढे आठ हजारभन्दा बढीको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा आइतबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आठ हजार पाँच सय पाँच जनाको नमुना परीक्षण गरिएको जानकारी दिए।

उनका अनुसार पाँच हजार एक सयको रियल टाइम पिसिआर र तीन हजार तीन सय २१ को र्‍यापिड डाइनोस्टिक टेस्ट गरिएको हो।

२०६ जना खतराको सूचीमा

प्रवक्ता देवकोटाले नेपालमा दुई सय ६ जना ‘रेड जोन’ अर्थात् खतराको सूचीमा रहेको बताएका छन्।

मन्त्रालयको मोबाइल एप र वेबसाइटमा गरिएको सर्वेक्षणबाट यो कुरा पत्ता लागेको उनको भनाइ छ। मन्त्रालयको वेवसाइटमा गरिएको स्वमूल्यांकन भर्चुअल फर्ममा उक्त संख्या देखिएको हो।

उनले सात हजार ९ सय ७३ जना क्वारेनटाइनमा र ८५ जना आइसोलेसनमा रहेको जानकारी दिए।

प्रकाशित: Apr 12, 2020| 16:57 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।