बिहीबार, वैशाख ३१, २०८३

नेपथ्यको ‘छोटो गीत’ युट्युबमा

नेपथ्यले ‘छोटो गीत’को म्युजिक भिडियो युट्युबमा राखेको छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

काठमाडौं– नेपथ्यले ‘छोटो गीत’को म्युजिक भिडियो युट्युबमा राखेको छ।

National life

नेपथ्यले आफ्नो पुरानो एल्बम ‘भेंडाको ऊनजस्तो’ बाट एउटा गीतको म्युजिक भिडियो युट्युबमा राखेको हो। उक्त भिडियो एक मिनेट ४९ सेकेन्डको छ।

गीतको छोटो अंश राखिएकाले यसलाई ‘छोटो गीत’ भनिएको हो। गीतमा शब्द तथा संगीत डानियल डन कार्थकले भरेका थिए।

नेपथ्यले पहिले रिलिज भइसकेका गीत आफ्नो युट्युब च्यानल नेपथ्य अफिसियलमा राखिरहेको छ।

“कुनै समय श्रोताको मनमा बसेका हाम्रा पुराना गीतलाई पुनः ताजा बनाउँदै त्यसलाई भिडियोका रूपमा युट्युबमा राखिरहेका छौं,” नेपथ्यको व्यवस्थापन र ब्यान्डका भिडियोको निर्माता संस्था, नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, “प्रशंसकसम्म प्रत्यक्ष सम्पर्क स्थापित गर्ने प्रयासका रूपमा हामीले यो कदम चालेका हौं ।”

प्रकाशित: Apr 12, 2020| 16:02 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्