वीरगन्जमा रहेका थप २२ भारतीय नागरिकसहित २६ जनालाई क्वारेन्टिनमा राखिएको छ।
वीरगञ्जका मस्जिदमा रहेका २६ जनालाई शनिबार राति सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले जानकारी दिएकी छन्।
क्वारेन्टिइमा पठाएकामध्ये २२ भारतीय नागरिक र ४ जना नेपाली छन्।
यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो। तीमध्ये तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ।
ती तीन जनामा कोरोना संक्रमण पुष्टी भएको कान्तिपुर लगायतका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यद्यपि यसबारे राष्ट्रिय प्रयोगशाला र स्वास्थ्यमन्त्रालयले औपचारिक जानकारी दिएका छैनन्।
आशंका गरिएका तीनै जनालाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।
बाँकी २१ जनालाई शनिबार नै सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाइएको थियो।
यी भारतीय नागरिकहरू कहिले नेपाल आएका थिए र उनीहरू नेपालमा कहाँकहाँ गए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।