बिहीबार, भदौ ४, २०८३

लकडाउन असर : गरिबको घरमा बल्न छाड्यो चुलो

नयाँ बाली नपाकेको र पुरानो बाली सकिएका बला लकडाउन हुँदा जाजरकोटका गरिब परिवार समस्यामा परेका छन्। आफ्नो उत्पादनबाट यी परिवारलाई ६ महिना मात्र खान पुग्छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

जाजरकोट- बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो। पसलबाट सधैं उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई चुलो बाल्ने चिन्ता छ।

नेपालीले भनिन्, “कमाइ गर्न भारत गएका छोराबुहारी आउन पाएनन्, मेरो एकल महिला भत्ताबाट साहुको ऋण तिरें। अहिले खानाको जोहो गर्न निकै समस्या छ।”

शान्तिलाई जस्तै अयर्ना गाउँकी पवित्रा नेपालीको पीडा पनि उस्तै छ। उनले भनिन्, “ऋण काढेर श्रीमान् कमाइ गर्न भारत जानुभयो, चैतमा आउने भन्दै हुनुहुन्थ्यो तर लकडाउनपछि आउन पाउनुभएन।”

उनले खर्च र खाद्यान्न सकिएपछि चार छोराछोरीलाई खाना खुवाउन समस्यामा परेको बताइन्। उनले भनिन्, “मालिक छिटो कालापारबाट आएको भए केही हुने थियो ।” 

अयर्ना गाउँकै तोल्मा नेपालीले लकडाउनअघि गाउँका विकास निर्माणका काम गर्दै ज्यालाबाट आएको कमाइले छोराछोरीलाई खाना दिने काम भएकामा अहिले समस्या भएको गुनासो गरिन्।

दैनिक मजदुरी गरेर छाक टार्ने र बर्सेनि भारत गएर कमाइ गरी ल्याएको पैसाले खाद्यान्न र लत्ता कपडा खरिद गर्ने यहाँका दलित समुदायको बाध्यता हो।

नयाँ बाली नपाकेको र पुरानो बाली सकिएका बला लकडाउन हुँदा जाजरकोटका गरिब परिवार समस्यामा परेका छन्। आफ्नो उत्पादनबाट यी परिवारलाई ६ महिना मात्र खान पुग्छ।

बारेकोट गाउँपालिकाले अझै गरिब परिवारको लागत संकलन गरिसकेको छैन। गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले झन्डै ४ सय घरधुरी गरिबीको रेखामुनि रहेको र लगत संकलन भइरहेको बताए।

कुशे गाउँपालिकामा यस्तै समस्या छ। गाउँपालिकाले गरिब घरधुरी छान्दा १७० घर बनाएको थियो, अहिले गाउँपालिकामा १ हजार भन्दा बढी घरधुरीबाट खाद्यान्न मौखिक माग आएको छ, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परको सो गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

भेरी नगरपालिकाले पनि राहत वितरण सुरु गरेको छैन। छेडागाड नगरपालिकामा पनि राहत वितरणमा समस्या परेको छ। सबैलाई दिन बजेट नपुग्ने नगरप्रमुख लालबहादुर महतराले बताए। नलगाड नगरपालिकाले भने गरिब घरधुरीको पहिचान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए।

जुनिचाँदे गाउँपालिकामा राहत वितरणका लागि सदरमुकामस्थित खाद्य संस्थाबाट ५२ क्विन्टल चामल, सोही मात्रमा आयोडिन युन र दाल खरिद भइसकेकोले आजबाट वितरण हुने प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए।

शिवालय गाउँपालिकाले १५० जना गरिब परिवार छनोट गरी राहत वितरणको काम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताए। -रासस

प्रकाशित: Apr 12, 2020| 09:34 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।