बिहीबार, भदौ ४, २०८३

बाग्लुङमा जाँच गरिएका ५०३ रिपोर्ट नेगेटिभ

बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ जनामा गरिएको टेस्ट सबै नेगेटिभ आएको हो।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

बाग्लुङ– बाग्लुङमा कोभिड–१९ को दु्रत जाँच (¥यापिड डाइग्नोस्टिक टेस्ट) गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ जनामा गरिएको टेस्ट सबै नेगेटिभ आएको हो।

शनिबार बाग्लुङ नगरपालिकाका ७७, बडिगाड गाउँपालिकाका ११४, निसीखोला गाउँपालिकाका ११५ र ढोरपाटन नगरपालिकाका ७७ जनामा जाँच गरिएको थियो। जाँच गरिएका सबै विदेशबाट आएका व्यक्ति हुन्।

बाग्लुङ नगरपालिकामा कूल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोभिडको दु्रत जाँच गर्ने तयारी गरिएको छ।

जाँचका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छन्। रासस

प्रकाशित: Apr 12, 2020| 09:28 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।