बिहीबार, भदौ ४, २०८३

विभिन्न आठ ठाउँमा आगलागी

शुक्रबार देशभर विभिन्न आठ ठाउँमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

काठमाडौं- कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बर्रोहियाका छविलाल यादव सहित ४ जनाको घरमा शुक्रबार दिउँसो आगलागी भएको छ। आगलागीबाट चार वटा घर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उदयपुर, चौदण्डीगढी नगरपालिका-४ चरमचोकमा धनमाया परियारको घरमा शुक्रबार साँझ आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ भने उदयपुरकै कटारी नगरपालिका-९ बबलडाँडाका गुमान सिंह बुढाथोकीको घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङको केराबारी गाउँपालिका-६ डागीका राम बहादुर दर्जीको घरमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ प्रहरीले जानकारी दिएको छ ।

यस्तै भोजपुर, अरुण गाउँपालिका-४ छ्यामताङ बस्ने बेदनाथ ढकालको गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-२ केराबारी बस्ने सन्तुराधा राईको गोठमा शुक्रबार बिहान आगलागी हुँदा करिब ३ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१२ का ब्रह्मदेव मण्डलको घरमा पनि शुक्रबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्युठानको सरुमारानी गाउँपालिका-२ मैदान बस्ने डल्ला कुमालको गोठ जल्दा पनि करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको पनि केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।

प्रकाशित: Apr 11, 2020| 20:57 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।