बिहीबार, भदौ ४, २०८३

साढे चार हजार परीक्षण, संक्रमितको संख्या ९ मै स्थिर

गत आइतबारदेखि नेपालमा कोरोनाभाइरस (कोभिड – १९) का नयाँ संक्रमित फेला परेका छैनन्।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

काठमाडौं- गत आइतबारदेखि नेपालमा कोरोनाभाइरस (कोभिड – १९) का नयाँ संक्रमित फेला परेका छैनन्।

गत शनिबार कैलालीमा दुई र कञ्चनपुरमा एक गरी तीनजनामा एकैपटक संक्रमण देखिएको थियो। त्योसँगै नेपालमा कोरोना संक्रमण पुष्टी भएकाकोे संख्या ९ पुग्योे ।

यिमध्ये ८ जना विदेशबाट आएका थिए भने कैलालीमा एक महिलालाई भारतबाट आएका आफन्तबाट सरेको थियो। स्थानीयस्तरमै संक्रमण हुन थालेपछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै थप सचेतता अपनाइयो। सँगसँगै यसले केही त्रास पनि बढायो ।

छिमेकी भारतदेखि अमेरिका र युरोपका दर्जनौं देशमा कोरोना महामारीका रुपमा फैलिरहँदा नेपालमा भने यो साता एकजनामा पनि संक्रमण नदेखिनु सुखद मान्न सकिन्छ। यद्यपि, पर्याप्त मात्रामा परीक्षण हुन नसकेको, विदेशबाट आउनेहरु सबैलाई क्वारेन्टिनमा राख्न नसकिएको कारणले पनि संक्रमितको एकिन तथ्यांक आउन नसकेको जानकारहरु बताउँछन् ।

तर, नेपालका कुनै अस्पताल वा कुनै क्षेत्र विशेषमा कोरोनाको जस्तै लक्षण हुने फ्लू वा श्वास प्रश्वासका विरामी को संख्या समेत नबढेकाले कोरोना संक्रमित नरहेको भन्ने अर्काथरीको तर्क छ।

संक्रमित ९ जनामध्ये एकजना एक महिनाअघि नै निको भएर फर्किसकेका छन् भने टेकु अस्पतालमा रहेका दुई जनाको स्वास्थ्यमा सुधार आइसेकाले अर्को सातासम्म परीक्षण गरेर घर पठाउन सकिने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

यसैबीच वीरगञ्जको मदरसामा रहेका तीन जना भारतीय नागरिकलाई कोरोना भएको आशंकमा नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरु कोरोना भाइरसबाट संक्रमित छन छैनन् भन्ने हेटौंडास्थित प्रयोगशालाले पुष्टी गर्न नसकेपछि नमुना काठमाडौं पठाइएको छ।

साढे चार हजारमा परीक्षण

चैत्र २२ सम्म नेपालमा १ हजार ४४१ जनामा कोरोना परीक्षण गरिएको थियो भने त्यसयता देशका विभिन्न १२ स्थानमा परीक्षणको व्यवस्था मिलाइएको छ। यो बाहेक र्‍यापिड डाइग्नोस्टिक टेष्ट मार्फत पनि परीक्षण सुरु गरिएको छ।

शनिबार दिउँसोसम्म कुल ४ हजार ४२६ मा कोरोना भाइरस रहे–नरहेको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो सातामात्रै ३ हजार ५ जनाको नमुना परिक्षण गरिएको छ। तीव्र परीक्षणका लागि नेपालका सबै जिल्लाहरुमा र्‍यापिड डाइग्नोस्टिक किट पुगिसकेको मन्त्रालयले जानकारी दिएको छ।

गएको २४ घण्टामा मात्रै नेपालमा ८९७ जनाको नमूना परीक्षण गरिएको छ। अहिलेसम्म देशभर कुल ८ हजार ८२ जना क्वारेन्टिनमा रहेको र ८२ जना आइसोलेसनमा रहेको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: Apr 11, 2020| 19:46 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।