बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रिपोर्ट नेगेटिभ देखिएपछि सुर्खेत क्वारेन्टाइनका १८३ जनालाई घर पठाइयो

रिपोर्ट नेगेटिभ देखिएपछि सुर्खेत क्वारेन्टाइनका १८३ जनालाई घर पठाइयो

सुर्खेतको खुलामञ्चस्थित क्वारेन्टाइनका एक सय ८३ जनाको बिदाई गरिएको छ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

सुर्खेत– सुर्खेतको खुलामञ्चस्थित क्वारेन्टाइनका एक सय ८३ जनाको बिदाई गरिएको छ।

कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरूलाई बिदाई गरिएको हो। उनीहरूले सात दिन अनिवार्यरूपमा होम क्वारेन्टाइनमा बस्नुपर्नेछ।

उनीहरूलाई होम क्वारेन्टाइनमा सात दिन बस्ने शर्तमा हस्ताक्षर गरेर घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले जानकारी दिए। 

प्रदेश सरकारले क्वारेन्टाइनमा राखिएका जुम्ला, जाजरकोट र सुर्खेत पश्चिमका स्थानीयलाई बसमा घर पठाएकाे हाे। तीनवटै ठाउँका लागि छुट्टाछुट्टै बसको व्यवस्था गरिएको थियो।

क्वारेन्टाइनमा बसेर घर फर्किएका सबै गाउँमा कोरोना विरुद्धको अभियानमा सहभागी हुने बताइएको छ।

क्वारेन्टाइनमा राखिएका १ सय ८८ जनामध्ये पाँच जनाको भने रिपोर्ट आउन बाँकी रहेको वाग्लेको भनाइ छ। त्यहाँ भारतबाट गाउँ फर्किएकालाई राखिएको थियो।

प्रकाशित: Apr 11, 2020| 17:32 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।