बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सञ्चयकोषको ब्याजमा छुट, कोरोनाबाट मृत्यु भएमा २ लाख क्षतिपूर्ति

सञ्चयकोषको ब्याजमा छुट, कोरोनाबाट मृत्यु भएमा २ लाख क्षतिपूर्ति

कर्मचारी सञ्चय कोषले ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ। यस्तै ब्याज तिर्ने अवधि एक महिनाका लागि थप गरेको छ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

काठमाडौं- कर्मचारी सञ्चय कोषले ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ। यस्तै ब्याज तिर्ने अवधि एक महिनाका लागि थप गरेको छ।

कोरोना संक्रमणका कारण परेको प्रभावलाई सम्बोधन गर्न सञ्चयतकर्तालाई यस्तो छुट तथा सहुलियत प्रदान गर्न लागिएको कोषले जनाएको छ।
कोरोना भाइरस संक्रमणका कारण नियमित सञ्चयकर्ताको निधन भएमा त्यसलाई दुर्घटना मानी मृतकका हकवालालाई क्षतिपूर्तिबापत २ लाख रुपैयाँ दिने निर्णय कोषले गरेको छ।

कोषले घर सापटी, घर मर्मत, शैक्षिक रसरल कर्जाको २०७६ चैतदेखि २०७७ असार मसान्तसम्को ब्याजमा २०७७ असार मसान्ताभित्र तिरेमा सो अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो।

त्यस्तो सापटीको २०७७ असार मसान्तसम्मको ब्याज बुझाउने अवधि २०७७ साउन मसान्तसम्म कायम गरिएको कोषले जनाएको छ।

प्रकाशित: Apr 11, 2020| 17:10 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।