काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा ‘कम्प्रमाइज’ नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँगको भिडिओ कन्फरेन्समा उनले लकडाउनलाई कडाइका साथ पालना गर्न निर्देशन दिए।
“लकडाउन भनेको लकडाउन नै हो। यसलाई कडाइका साथ पालना गर्नुपर्छ। नो कम्प्रमाइज,” उनले भने।