बिहीबार, भदौ ४, २०८३

'लकडाउन लम्बिन्छ, सीमामा अझ कडाइ'

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिन सक्ने बताउँदै त्यसको विकल्प पनि नभएको बताएका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज (शनिबार) भिडियो कन्फ्रेन्समार्फत् कुरा गरेका प्रधानमन्त्री ओलीले यसमा नरम बनेर लापरबाही नगर्न पनि सबै मुख्यमन्त्रीलाई सचेत गराएका छन्।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिन सक्ने बताउँदै त्यसको विकल्प पनि नभएको बताएका छन्।

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज (शनिबार) भिडियो कन्फ्रेन्समार्फत् कुरा गरेका प्रधानमन्त्री ओलीले यसमा नरम बनेर लापरबाही नगर्न पनि सबै मुख्यमन्त्रीलाई सचेत गराएका छन्।

आज बिहान साढे ११ बजेदेखि चार घण्टा मुख्यमन्त्रीहरुसँग कुराकानी गरेका प्रधानमन्त्री ओलीले यसबीचका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेकोमा जोड दिएका थिए।

उनले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पारेका छन्। सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि उनले सबैलाई अनुरोध गरेका छन्।

लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको उनले स्पष्ट पारेका छन्। 'भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्नुहोला,' उनले भने।

कोरोनासँग लड्न भिन्नै राजनीतिक संयन्त्रको आवश्यकता कतिपयले औंल्याएको तर्फ संकेत गर्दै उनले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको पनि स्पष्ट पारेका छन्।
लकडाउनमा प्रशासनिक लापरबाही छुट नहुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनुपर्ने बताए।

जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि प्रमले आह्वान गरेका छन्।

प्रकाशित: Apr 11, 2020| 16:56 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।