बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनका बेला फोटो खिच्नुहोस्, पुरस्कार  जित्नुहोस्

लकडाउनका बेला फोटो खिच्नुहोस्, पुरस्कार  जित्नुहोस्

प्रथम हुने तस्बिरलाई रु. १५ हजार,  दोस्रो हुनेलाई रु. १० हजार र तेस्रो हुनेलाई रु. ५ हजार प्रदान गरिनेछ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अहिले देशभर लकडाउन छ। यस अवधिमा तपाईंहरु फिल्म हेर्नुहुन्छ, समाचार पढ्नुहुन्छ, अन्य रचनात्मक काम गर्नुहुन्छ र विभिन्न सामाजिक सञ्जालको प्रयोगसमेत पक्कै गर्नुहुन्छ।

लकडाउनका बेलाको रचनात्मक र सकारात्मक सन्देशको महत्त्व सामान्य समयमा भन्दा निकै बढी हुन्छ।

नेपाल समयले लकडाउन समयलाई अझ सकारात्मक र रचनात्मक बनाउने अभियानअन्तर्गत यस अवधिभर खिचिएका तस्बिरमध्ये उत्कृष्ट तीन तस्बिरलाई पुरस्कृत गर्नेछ। प्रथम हुने तस्बिरलाई रु. १५ हजार,  दोस्रो हुनेलाई रु. १० हजार र तेस्रो हुनेलाई रु. ५ हजार प्रदान गरिनेछ।

अभियानमा कसरी जोडिने ? 

अभियानमा जोडिनका लागि तपाईंले खिचेका सकारात्मक सन्देश दिने तस्बिर आफ्नो फेसबुक, ट्विटर वा इन्स्टाग्राममा अपलोड गरेर फेसबुकमा @nepalsamayamedia, ट्विटरमा @nepal_samaya र इन्स्टाग्राममा @nepalsamaya मेन्सन गरेर #StayhomeStaysafe लेख्नुपर्नेछ।

उल्लिखित नियमसहित अपलोड गरिएका फोटोमध्ये उत्कृष्ट तीनवटालाई लकडाउन अवधिको समाप्तिपछि पुरस्कृत गरिनेछ।

छनोट प्रक्रियाको अन्तिम निर्णय नेपाल समयको सम्पादकीय टिमले गर्नेछ र यसको जानकारी नेपालसमयडटकम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

 

प्रकाशित: Apr 11, 2020| 13:10 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।