बिहीबार, भदौ ४, २०८३

१० एसएसपीको बढुवापछि प्रहरीमा १४ जना डीआईजी

गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक डीआईजी) मा बढुवा गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक डीआईजी) मा बढुवा गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

बढुवा सिफारिस गरिएका मध्ये चार जना ०४९ वैशाखमा भर्ना भएका हुन् भने ६ जना ०४९ चैतमा भर्ना भएका अधिकृत।

नेपाल प्रहरीको वेबसाइटमा प्रकाशित सूची अनुसार बढुवा सिफारिसको १ नम्बरमा घनश्याम अर्याल छन् भने दोस्रो र तेस्रो नम्बरमा प्रकाशजंग कार्की र वसन्तकुमार पन्त छन्।
उनीहरुको ब्याचका शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्ति महानिरीक्षक छन्।

एक वर्षपछि भर्ना भएको् टोलीबाट सहकुल थापा पहिलो नम्बरमा बढुवा भएका छन्। उनी अहिले महानगरीय अपराध अनुसन्धान महाशाखामा प्रमुख छन् ।

यसअघि महाशाखाको नेतृत्व सम्हालेका धिरजप्रताप सिंह आफ्नो ब्याचबाट दोस्रो नम्बरमा बढुवा भएका छन्। यो टोलीका विश्वराज पोखरेल गत वर्ष वैशाखमै डीआईजीमा बढुवा भइसकेका छन् ।

वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी पनि बढुवा सूचीमा समेटिएका छन्।

यसअघि नै प्रहरीमा ४ जना डीआईजी छन्। १० एसएसपीको बढुवासँगै नेपाल प्रहरीमा १४ जना डीआईजी हुने भएका छन्।

प्रकाशित: Apr 11, 2020| 09:51 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।