बिहीबार, भदौ ४, २०८३

लकडाउनमा तिलोत्तमामा अनलाइन कक्षा

तिलोत्तमा– लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुलाई घरमै बसीबसी अनलाइनमा पढ्न पाइने भएको छ । एसईईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुक्रबारबाट अनलाइन कक्षा सुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

लकडाउनमा तिलोत्तमामा अनलाइन कक्षा

विषयविज्ञ शिक्षकहरुले हरेक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत् विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । शान्ति नमुना माविबाट शिक्षकहरुले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत् पढाउने शिक्षा शाखा प्रमुख आचार्यले बताए ।

विद्यार्थीले आ—आफ्नो घरबाटैं मोबाइल एप जुम तिलोत्तमा, नगरपालिकाको फेसबुक पेज वा युट्युवबाट शिक्षकले पढाएको विषयवस्तुको बारेमा ज्ञान लिन सक्नेछन् । अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तर समेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

तिलोत्तमाका ५१ वटा सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै २७ सय विद्यार्थी एसईईको तयारीमा छन् । कोरोनाका कारण एसईई सुरु हुने दिनको अघिल्लो साँझ सरकारले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगित गरेको थियो ।

 

प्रकाशित: Apr 10, 2020| 18:41 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।