बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश कोरोना नियन्त्रण तथा उपचार कोषमा पौने १२ करोड

प्रदेश कोरोना नियन्त्रण तथा उपचार कोषमा पौने १२ करोड

भैरहवा– कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपैयाँ जम्मा भएको छ ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

भैरहवा– कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपैयाँ जम्मा भएको छ ।
हालसम्म उक्त कोषमा सर्वसाधारणले मोबाइल बैंकिङमार्फत् सबैभन्दा कम १ सय रुपैयाँदेखि सबैभन्दा बढी २५ लाख ५० हजार रुपैयाँसम्म जम्मा भएको छ । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २५ लाख ५० हजार रुपैयाँ जम्मा गरेको छ।

त्यसैगरी भाटभटेनी सुपर मार्केटले २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले दश–दश लाख रुपैयाँ जम्मा गरेका छन् । त्यसैगरी सिटिजन बैंक ७ लाख रुपैयाँ, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे« बैंक, राष्ट्रिय बिमा संस्थानले ५–५ लाख रुपैयाँ जम्मा गरेको मुख्यमन्त्रीको सचिवालयले बताएको छ ।

यसैगरी उक्त कोषमा गण्डकी बिकास बैंक र निर्धन उत्थान बैंकले चार–चार लाख जम्मा गरेका छन् ।

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले ३ लाख ९६ हजार ९७, क्रिमसन कलेजले २ लाख ५५ हजार, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले २ लाख ५१ हजार, लुम्बिनी आई ईन्स्टिच्युटले २ लाख २२ हजार २ सय २२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ५० हजार, सामूहिक वचत तथा ऋण सहकारी सस्थाले २ लाख, नेपाल भारत मैत्री समाजले २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, प्रगतिशिल इञ्जिनियरिङ एशोसिएशनले १ लाख ५ हजार ५ सय, सशक्त बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार, कैलाश बिकास बैंकले १ लाख १ हजार, उद्योग व्यापार संगठन रुपन्देहीले १ लाख १ हजार, रोटरी क्लब अफ तिनाउ बुटवलले, ६० हजार जम्मा गरेका छन् ।

त्यसैगरी बुटवल—११ निवासी शेरबहादुर गुरुङबाट १ लाख ५ हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट १ लाख रुपैयाँ, लीलामणि पौडेलबाट ५० हजार र कृष्ण बहादुर केसीबाट ४० हजार ५ सय ५५ रुपैंया जम्मा भएको छ । उक्त कोषमा प्रदेश सरकारले १० करोड रुपैंयाँ जम्मा गरेको छ ।

यसका साथै बुटवलको धागो कारखानामा रहेको आईसोलेसन विशेष अस्थायी अस्पतालमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आईसियुका लागि आबश्यक उपकरण दिने घोषणा गरेको छ । नेपाल उद्योग परिसंघले प्रदेश ५ मा २० लाख रुपैयाँ र एनआईसि एशिया बैंकले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन् । एनएमबी बैंकले १ सय थान स्वास्थ्य सामग्री पिपिई प्रदान गरेको छ ।

प्रकाशित: Apr 10, 2020| 18:36 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।