काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न निर्देशन नदिएको स्पष्ट पारेको छ।
शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले स्वास्थ्यकर्मीहरुको रकम कट्टी गर्नको लागि अहिलेसम्म कुनै निर्णय नभएकोले ढुक्क भएर काम गर्न आग्रह गरे।
यसअघि चैत ११ गते मन्त्रिपरिषदको बैठकले निजामती कर्मचारीको निश्चित तलब कट्टा गरी कोरोना उपचार कोषमा जम्मा गर्नुपर्ने निणर्य गरेको थिया।
उक्त निर्णयअनुसार विभिन्न तहका कर्मचारीहरुले ३ देखि ७ दिनसम्मको तलब कट्टी गरेर कोषमा राख्न निर्देशन दिएको थियोे।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न भनेको छ।