बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन उल्लंघन गर्ने १०७ जनालाई एक घण्टा सडकमा उभ्याइयो

लकडाउन उल्लंघन गर्ने १०७ जनालाई एक घण्टा सडकमा उभ्याइयो

लकडाउनका बेला बिनाकाम घरबाट निस्किएका व्यक्तिलाई सडकमा एक घण्टासम्म उभ्याएर छाडिएकाे छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

काठमाडौं- कैलालीमा लकडाउनका बेला घरबाट बिनाकाम निस्किएका व्यक्तिलाई सडकमा एक घण्टासम्म उभ्याएर छाडिएको छ। बिनाकाम घरबाट निस्किएका १ सय ७ जनालाई १ घन्टा सडकमा उभ्याएर छाडिएको डीएसपी दक्ष बस्नेतले बताए।

उनीहरूलाई धनगढी र अत्तरियाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। कोरोना भाइरस संक्रमण जोखिम कम गर्न सरकारले देशव्यापी लकडाउन गरे पनि केही ठाउँमा  सर्वसाधारणले उल्लंघन गर्न थालेपछि कडाइ गरिएको डीएसपी बस्नेतले बताए। 

नियन्त्रणमा लिएका उनीहरूलाई सडकमा उभ्याएपछि केही बेर कोरोना भाइरसको जोखिमबाट बच्ने उपायबारे कक्षा लिएर छाडिएको थियो। 

प्रकाशित: Apr 10, 2020| 16:19 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।