काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले वैशाख र जेठ महिनामा तय गरिएका परीक्षा रद्द गरेको छ।
त्रिविको केन्द्रीय परीक्षा सञ्चालक समिति बैठकले कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणको जोखिमबाट बच्न स्नातक र स्नातकोत्तर तहका परीक्षा रद्द गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित हुनेछन्। त्यस्तै, डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजीका परीक्षा पनि रद्ध गरिएका छन्। पोस्ट ग्रयागुयट इन वुमन स्टडिजका परीक्षा पनि रद्ध गरिएको बताइएको छ।
बैठकले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित भएको जनाएको छ।