बिहीबार, भदौ ४, २०८३

भारतमा अछामका एकै परिवारका ८ जनामा कोरोना संक्रमण

चौरपाटी गाउँपालिका-५ लुंग्राका चेतमान खड्काको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

काठमाडौं- अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एक परिवारका ८ सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

चौरपाटी गाउँपालिका-५ लुंग्राका चेतमान खड्काको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको हो। खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत सपरिवारमा कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेका छन्। उनको परिवार १० दिनदेखि अस्पतालमा छन्।

मुम्बईमै रहेका अछामकै टंक बुढाले खड्का, उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनामा परीक्षण गर्दा ८ जनामाा संक्रमण देखिएको जानकारी दिए।

खड्का ‘देखचेम्स ग्रुप’ का सञ्चालक तथा कार्यक्रम आयोजक हन्। खड्काले फेसबुकमा आफ्नो घर वा आफ्नो स्थानबाट बाहिर न निस्कन र आफ्नो सुरक्षा आफैं गर्न सुझाव दिएका छन्।

प्रकाशित: Apr 10, 2020| 12:42 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।