बिहीबार, भदौ ४, २०८३

प्रदेश २ मा कोरोनाको तीव्र परीक्षण सुरु

कोरोना परीक्षण गर्न प्रदेश २ मा पनि तीव्र परीक्षण (र्‍यापिड टेस्ट) सुरु भएको छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

जनकपुरधाम - कोरोना परीक्षण गर्न प्रदेश २ मा पनि तीव्र परीक्षण (र्‍यापिड टेस्ट) सुरु भएको छ। संघीय सरकारले किट पठाएपछि शुक्रबारदेखि प्रदेश २ मा र्‍यापिड टेस्ट सुरु भएको हो।

र्‍यापिड टेस्टपछि कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तीव्रता आउने विश्वास छ। यसअघि पीसीआर मेसिनबाट मात्र परीक्षण हुँदा ढिलाइ भएको थियो।

संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान र्यापिड किट उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको आपूर्ति महाशाखाका निर्देशक डा.प्रमोद यादवले जानकारी दिए।

‘संघीय सरकारले पाँच हजार थान र्यापिड किट उपलब्ध गराएको छ, क्वारेन्टाइन स्थापना गरिएको सबै स्थानमा हामी पठाउँदै छौं,’ उनले भने, ‘वीरगन्ज र कलैयामा परीक्षण सुरु भइसकेको छ। आजै प्रदेशस्थित सबै स्थानमा किट पुग्नेछ ।’

र्‍यापिड किटमार्फत गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट देखिए कन्र्फमेसनका लागि स्वाब पीसीआरमा पठाइने उनको भनाइ छ। शंकास्पदको रगत लिएर परीक्षण गर्ने र्यापिड टेस्टले तत्काल परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तीव्रता पाउने डा.यादवले बताए।

प्रदेश २ मा अहिले प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको एकमात्र पीसीआर मेसिनबाट शंकास्पद व्यक्तिको स्वाब परीक्षण भइरहेको छ। मेसिन जडान भएको एक साताभन्दा बढी भइसके पनि प्रादेशिक अस्पताल जनकपुरले ३८ जनाको मात्र स्वाब परीक्षण गरेको छ।

प्रदेश २ मा झन्डै दुई हजार व्यक्ति क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसनमा छन्।

प्रकाशित: Apr 10, 2020| 11:38 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।