बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : विश्वभर साढे ९५ हजारको मृत्यु, भारतमा ६ हजार संक्रमित

कोरोना अपडेट : विश्वभर साढे ९५ हजारको मृत्यु, भारतमा ६ हजार संक्रमित

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ९५ हजार नाघेको छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ९५ हजार नाघेको छ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यायलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार दुई सयभन्दा बढी देशमा फैलिएको यो भाइरसबाट मर्नेको संख्या शुक्रबार बिहानसम्म ९५ हजार ५ सय ६ पुगेको छ। त्यसैगरी संक्रमितको संख्या १५ लाख ९६ हजार ४ सय ९६ छ भने ३ लाख ५४ हजार उपचारपछि निको भएका छन्।

अमेरिकामा सबैभन्दा बढी ४ लाख ६२ हजार १ सय ३५ संक्रमित छन्। त्यहाँ मृतकको संख्या १६ हजार ५ सय १३ पुगेको छ। सबैभन्दा बढी न्युयोर्कमा ५ हजार १ सय ५० को ज्यान गएको छ।

इटालीमा पनि कोरोनाको कहर रोकिएको छैन। त्यहाँ अहिले पनि १ लाख ४३ हजार ६ सय २६ जना संक्रमित छन्।

भारतमा करिब ६ हजार संक्रमित छन् भने १६९ जनाको मृत्यु भएको छ।

प्रकाशित: Apr 10, 2020| 07:44 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।