बिहीबार, भदौ ४, २०८३

‘अर्थतन्त्र उकास्न कृषिलाई प्राथमिकता’

कोरोना भाइरसको संक्रमण र बन्दाबन्दीले समग्र आर्थिक क्षेत्रका साथै कृषि क्षेत्रमा परेको समस्याबारे आज पौडेलले भिडियो कन्फरेन्समार्फत विज्ञहरूसँग छलफल गरेका हुन्।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणले पार्ने आर्थिक समस्या र कृषिउपजको उत्पादन तथा बजारीकरणबारे विज्ञ समूहसँग छलफल गरेका छन्।

कोरोना भाइरसको संक्रमण र बन्दाबन्दीले समग्र आर्थिक क्षेत्रका साथै कृषि क्षेत्रमा परेको समस्याबारे आज पौडेलले भिडियो कन्फरेन्समार्फत विज्ञहरूसँग छलफल गरेका हुन्।

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले, प्रा डा. कमल रिजाल, डा. सुरज पोखरेल, डा. सिद्धिगणेश श्रेष्ठ, डा माधवप्रसाद पौडेल, डा प्रधुम्नराज पाण्डे र सहदेवप्रसाद हुमागाईं सहभागी थिए।

छलफलमा विज्ञहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको पौडेलको सचिवालयले जनाएको छ।

छलफलमा नेता पौडेलले विज्ञसँग आजको युगअनुसारको प्रविधिको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव लिएका छन्।

कृषि उत्पादन, कृषि मजदूर, कृषिउपज र त्यसको ढुवानीका विषयमा केन्द्रित रहेको र विज्ञले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्न भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा वृद्धि गर्नुपर्ने बताएका थिए।

साथै उनीहरुले कृषि क्षेत्रलाई राहत दिनुपर्ने र विशेष प्याकेजको घोषणा गर्नुपर्ने सुझाव पनि दिएका छन्। रासस

प्रकाशित: Apr 09, 2020| 22:00 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।