बिहीबार, भदौ ४, २०८३

सार्कमा कोरोना : २७५ को मृत्यु, ११,२२६ संक्रमित

भारतमा १६६, पाकिस्तानमा ६४, बांग्लादेशमा २२, श्रीलंकामा ७ र अफगानिस्तानमा १६ जनाको निधन भएको छ। 
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं- कोरोना भाइरसका कारण बिहीबारसम्म दक्षिण एसियाली (सार्क) मुलुकमा २७५ जनाको मृत्यु भएको छ। भारतमा १६६, पाकिस्तानमा ६४ र बांग्लादेशमा २२ जनाको निधन भएको हो।

यस्तै श्रीलंकामा ७ र अफगानिस्तानमा १६ जनाको निधन भएको ती मुलुकमा सञ्चारमाध्यमले जनाएका छन्। नेपाल, मालदिभ्स र भुटानमा भने अहिलेसम्म कोरोनाका कारण कसैको मृत्यु भएको पाइएको छैन। यद्यपि सार्क मुलुकमा कोरोना संक्रमित हुने संख्या बढ्दो छ।

आठै मुलुकमा गरी ११ हजार २ सय २६ जना कोरोनाबाट संक्रमित भएका छन्। भारतमा ५,७३४, पाकिस्तानमा ४,४५७, बांग्लादेशमा ३३० र श्रीलंकामा १८८ जना छन्।

भारतको नयाँदिल्लीस्थित आनन्द बिहार बस स्टेसनमा केही दिनअघि आआफ्नो घर जना भेला भएका भारतीय । एएफपी फाइल

यस्तै अफगानिस्तानमा ४८४, मालदिभ्समा १९, नेपालमा ९ र भुटानमा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यी मुलुकमा अहिलेसम्म १ हजार ३ सय ४७ जना उपचारपछि फर्किएका छन्। भारतमा ४७२, पाकिस्तानमा ६८९, बांग्लादेशमा ३३, श्रीलंकामा ४७, अफगानिस्तानमा ३२, श्रीलंकामा ४९, मालदिभ्समा १३, भुटानमा २ र नेपालमा १ जनाको उपचार भइसकेको छ।

भारतमा सबैभन्दा बढी महाराष्ट्र राज्यमा संक्रमितको संख्या बढ्दै छ। महाराष्ट्रमा संक्रमितको संख्या १ हजार १३५ जना पुगेको बताइएको छ।
महाराष्ट्रपछि सबैभन्दा बढी बिरामी तालिनाडुमा छन्।

तामिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ। त्यसपछिका बढी संक्रमित नयाँदिल्लीमा ६६९ जना छन्।

लकडाउनका कारण बिहीबार सुनसान देखिएको भारतको प्रसिद्ध तीर्थस्थल प्रयागराज क्षेत्र। एपी

कोरोना संक्रमणको जोखिमपछि पूर्वी राज्य उडिसामा अप्रिलभर लकडाउन गरिएको छ। शिक्षण संस्था जुन १७ सम्मका लागि बन्द गरिएको छ। उडिसामा अहिलेसम्म कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ भने ४२ जनाका संक्रमण देखिएको छ।

भारतमा झन्डै ४० करोड नागरिक थप गरिबीमा पर्ने आँकलन गर्न थालिएको छ।

पाकिस्तानको राजधानी इस्लामाबादमा बिहीबार सुरक्षित मास्क लगाएर हिँडिरहेका मासु व्यवसायी। एएफपी

पाकिस्तानमा ऐतिहासिक निर्णय

पाकिस्तानले इतिहासमै ठूलो सामाजिक सुरक्षो प्याकेज घोषणा गरेको छ। कोरोना भाइरसबाट समस्यामा परेका गरिबको सहायताका लागि बिहीबार एक बिलियन डलरको सामाजिक सुरक्षा प्याकेज घोषणा गरिएको सरकारी उच्च अधिकारीले बताएका छन्। 

यो कार्यक्रमले १२ मिलियन परिवारलाई भोकमरी नियन्त्रण गर्न सघाउ पुग्ने विश्वास गरिएको छ।

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार सुरक्षित मास्क लगाएर हिँडिरहेका युवक। एपी

यस्तै श्रीलंकालाई कोरोनाबाट जुध्नका लागि युरोपियन युनियनले २२ मिलियन युरो सहयोग गरेको छ। कोरोना कारण जनजीवन प्रभावित हुन थालेपछि विभिन्न मुलुकले राहतका कार्यक्रम ल्याएका छन्।

प्रकाशित: Apr 09, 2020| 21:05 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।