बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंकालाई बाहिर पठाउने होइन, बेखर्चीलाई राहत दिऊँ : शंकर पोखरेल

काठमाडौंकालाई बाहिर पठाउने होइन, बेखर्चीलाई राहत दिऊँ : शंकर पोखरेल

उनी भन्छन्, “भएकै स्थानमा बसौं, बरू ३ गतेपछि आवागमनमा केही सहजता ल्याउन सकिन्छ।”
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं– सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छोड्न चाहनेहरूलाई जान दिने निर्णय गरेसँगै प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन्।

समाजिक सञ्जाल फेसबुकमार्फत् पोखरेलले काठमाडौंबाट बाहिर पठाउनुभन्दा बेखर्चीलाई राहत दिनुपर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘लकडाउन भनेको लकडाउन हो।’

सत्तारुढ दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेश–५ का जनतालाई आफू भएकै स्थानमा बस्न पनि आग्रह गरेका छन्।

उनी भन्छन्, “भएकै स्थानमा बसौं, बरू ३ गतेपछि आवागमनमा केही सहजता ल्याउन सकिन्छ।”

उनले केही समस्या भए वडा कार्यालयमा सम्पर्क राख्न आग्रह पनि गरेका छन्।

प्रकाशित: Apr 09, 2020| 17:32 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।