बिहीबार, भदौ ४, २०८३

सुलभ अग्रवालको अवैतनिक दूत पद खारेज

सरकारले नेपालका लागि किर्गिस्तानका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गरेको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडाैं- सरकारले नेपालका लागि किर्गिस्तानका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गरेको छ।

शङ्कर ग्रुपका सञ्चालक अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको थियो।

परराष्ट्र मन्त्रालयले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तान सरकारलाई गराएको छ।

यसअघि आफ्नो पदीय हैसियत र विशेषाधिकार दुरुपयोग गर्दै अग्रवाल गैरकानुनी गतिविधिमा संलग्न भएको परराष्ट्रले बताएको थियो।

कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको पाइएपछि परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गरी नेपालमा रहेका सबै अवैतनिक वाणिज्यदूतलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसेको जानकारी गराएको थियो।

उनीहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारीसाधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्रले बताएको थियो।

मंगलबार दिउँसो काठमाडौंको नक्सालबाट पक्राउ परेका अग्रवाल प्रहरी हिरासतमा छन्।

उनीमाथि कोभिड-१९ को विश्वव्यापी संकटकाे अवस्थामा ज्वरो जाँच्न प्रयोग गरिने अन्दाजी ३५ सय रुपैयाँ पर्ने थर्मल गनको मूल्य बढाएर १५ हजार रुपैयाँ प्रतिगोटा बेचेको आरोप छ।

अग्रवाललाई उनले प्रयोग गर्ने २०९-एचसीसी नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको पजेरो गाडी र त्यसको डिकीमा राखिएको ६७ थान थर्मल गनसहित पक्राउ गरिएको थियो।

प्रकाशित: Apr 09, 2020| 15:02 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।