बिहीबार, भदौ ४, २०८३

कालीमाटी तरकारी बजार बन्द

मानिसकाे भीड बढेपछि कालीमाटीस्थित तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिने भएको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं -कालीमाटीस्थित तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिने भएको छ।

काठमाडौं महानगरपालिकाले तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड बढेपछि त्यसलाई नियन्त्रण गर्न बजार बन्द गरेको हो।
बजारमा आजदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ।

महानगरपालिकाले कोरोना भाइरस नियन्त्रण नहुँदासम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्रीवितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ।

साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउनेछ। काठमाडौंका खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्ने तयारी भएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित: Apr 09, 2020| 11:56 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।